मन्त्री पुनले दिए पूर्वाञ्चल विश्वविद्यालयमा जडीबुटी औषधि उत्पादनका लागि अनुसन्धान थाल्न  निर्देशन

सुन्दरहरैंचा, १८ असोज ०८३ ।

मोरङको सुन्दरहरैँचा ७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइतबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अवलोकन गरेका छन्। 

काठमाडौंबाट विराटनगर हुदै आज बिहान आएका मन्त्री पुनले विश्वविद्यालयले पढाउने काम मात्र नभई अनुसन्धान, नवप्रवर्तन र उत्पादनमा जोड दिनुपर्ने बताए। उनले आयुर्वेद तथा जडीबुटी क्षेत्रमा अनुसन्धान गरी औषधी उत्पादनका लागि आवश्यक प्रयोगशाला निर्माण गर्न विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस