आहाना सपिङमा महिलाका लागि नयाँ–नयाँ फेसनका आकर्षक कलेक्सन

सुन्दरहरैँचा, १२ असोज ०८३ । 

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ८, सलकपुर बजारमा विगत चार वर्षदेखि सञ्चालनमा रहेको आहाना सपिङले  महिलाका लागि आवश्यक रेडिमेड तथा कुर्ता–सुरुवालका नयाँ–नयाँ कलेक्सन उपलब्ध गराउँदै आएको छ ।

 

सञ्चालिका मुना कटुवालका अनुसार आहाना सपिङमा महिलाका लागि आवश्यक विभिन्न प्रकारका रेडिमेड पहिरन, कुर्ता–सुरुवाललगायतका आकर्षक तथा फेसनअनुसारका कपडाहरू उपलब्ध छन् । ग्राहकको रुचि र रोजाइलाई प्राथमिकता दिँदै समयअनुसार नयाँ डिजाइन तथा कलेक्सन ल्याउने गरिएको उहाँले बताउनुभयो।

 

सलकपुर बजार आसपासका ग्राहकसँगै लक्ष्मीमार्ग, बेलबारी, केराबारी, खोर्साने, विराटचोक, गोठगाउँ, गछिया लगायतका क्षेत्रबाट समेत ग्राहकहरू आहाना सपिङमा आउने गरेका छन्। ग्राहकको माग र रोजाइअनुसारका नयाँ–नयाँ पहिरन उपलब्ध गराउँदै आएकाले व्यवसायप्रति ग्राहकको आकर्षण बढ्दै गएको सञ्चालिका कटुवालको भनाइ छ।

 

चार वर्षको व्यवसायिक यात्रामा ग्राहकको विश्वास र साथलाई मुख्य आधार बनाउँदै आएको आहाना सपिङले आगामी दिनमा पनि महिलाका लागि आधुनिक डिजाइन, आकर्षक कलेक्सन र रोजाइअनुसारका पहिरन उपलब्ध गराउने लक्ष्य राखेको छ।
 

प्रतिकृया दिनुहोस