पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आई.पी.ओ. निष्कासनको तयारी
सुन्दरहरैंचा, १६ असोज ०८३ ।
सुन्दरहरैंचाको विराटचोकमा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२।०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गरेको छ।
सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित भएका छन्।

पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आई.पी.ओ. निष्कासनको तयारीलाई अघि बढाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ। आई.पी.ओ. निष्कासनमार्फत पूँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ।
श्रोतः बिनोद प्रसाद पौडेल










प्रतिकृया दिनुहोस