मेहनती हात स्वदेशमै व्यवसाय, १६ वर्षदेखि ग्राहकको विश्वास जित्दै के.बि.एस. खनाल इलेक्ट्रोनिक्स 

सुन्दरहरैंचा, १५ असोज ०८३ ।

नेपालमै बसेर मेहनत र लगनशीलताका साथ व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं। १० का व्यवसायी सुमन खनाल। विगत १६ वर्षदेखि घरायसी इलेक्ट्रोनिक सामानको व्यवसाय गर्दै आएका खनालले आफ्नो व्यवसायमार्फत ग्राहकको विश्वास र सन्तुष्टि हासिल गर्दै आएका छन् ।

 

खनालको पसलमा फ्रिज, वासिङ मेसिन, इन्भर्टर, स्मार्ट टेलिभिजनलगायत विभिन्न ब्राण्डका घरायसी इलेक्ट्रोनिक सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण हुँदै आएको छ। गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने हुँदा उनको पसलमा स्थानीय मात्र नभई अन्यत्रबाट समेत ग्राहकहरू आउने गरेका छन्।

 

दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै खनालले ग्राहकका लागि विशेष छुट तथा आकर्षक उपहार योजना सञ्चालनमा ल्याएका छन्। सामान खरिद गर्ने ग्राहकको हात खाली नजाने गरी उपहारको व्यवस्था गरिएको उनले जानकारी दिए। त्यस्तै, एकैपटक ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकलाई सहज होस् भन्ने उद्देश्यले किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ।

 

१६ वर्षअघि सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका खनाल स्वदेशमै मेहनत गरे राम्रो आम्दानी र आत्मसन्तुष्टि प्राप्त गर्न सकिने बताउँछन्। पैसा कमाउनकै लागि विदेश जानुपर्छ भन्ने सोच आफूमा नरहेको उल्लेख गर्दै उनी आफ्नै पेसा र व्यवसायप्रति सन्तुष्ट रहेको बताउँछन्।

 

विदेश पलायनलाई नै आर्थिक समृद्धिको एकमात्र विकल्प ठान्ने युवाहरूका लागि खनालको व्यावसायिक यात्रा प्रेरणाको स्रोत बन्न सक्छ। निरन्तरको मेहनत, ग्राहकप्रतिको विश्वास र गुणस्तरीय सेवाकै कारण १६ वर्षदेखि व्यवसायमा टिकिरहन सफल भएको उनको अनुभव छ।
 

प्रतिकृया दिनुहोस