स्थानीय स्वाद र संस्कृतिको उत्सव बन्दै सुन्दरहरैंचा फुड फेस्टिबल
सुन्दरहरैंचा, २३ असोज ०८३ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचा फुड फेस्टिबल २०८३ हुने भएकोछ । २०८३ असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय परिकार सजिएका १४ वटा स्टल रहने छन् जसमा नेवारी परिकार, थारु परिकार, मुस्लिम समुदायको परिकार, भारतिय, चाइनिज तथा विदेशी उत्कृष्ट परिकारहरु मेलाका आकर्षण रहनेछन् ।
६ वटा स्टल स्थानीय उत्पादन, सामाजिक तथा सांस्कृतिक प्रवर्धनका लागि निःशुल्क रहेको आयोजकले जानकारी दिएका छन् । फेस्टिबलमा दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरलाई लक्षित गरी विशेष कार्यक्रमहरु समेत सञ्चालन गरिने छन् ।










प्रतिकृया दिनुहोस