५ महिनापछि स्वदेश फर्किए देउवा 

काठमाडौं, २८ साउन ०८३ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन् ।

 

आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जीतजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए ।

 

निर्वाचनभन्दा केही दिन अघि देउवा गत फागुनमा उपचारका लागि भनेर सिंगापुर र हङकङ बसेका थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् । देउवालाई बाजागाजासहित स्वागत गरिएको छ ।

प्रतिकृया दिनुहोस