सलकपुरमा श्रीमद् वितक कथा आजदेखि, भदौ २० गतेसम्म विभिन्न धार्मिक कार्यक्रम हुने

सुन्दरहरैंचा, १८ श्रावण ०८३ । 

सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा महिनाव्यापी श्रीमद् वितक कथा आजबाट सुरु भएको छ। कथा भदौ २० गतेसम्म सञ्चालन हुने प्रचारप्रसार समिति सम्योजक ताराराज ढकालले बताउनुभयो । 

 

श्री देवकृष्णजी महाराज प्रमुख कथावाचक रहनुभएको उक्त कार्यक्रममा प्रत्येक दिन बिहान १०ः३० बजेदेखि २ः३० बजेसम्म वितक कथा वाचन हुनेछ। साथै दैनिक सेवा–पूजा, आरती, भजन–कीर्तन तथा आध्यात्मिक कार्यक्रम पनि सञ्चालन गरिनेछ।

 

कार्यक्रमअन्तर्गत भदौ १२ गते जनैपूर्णिमा, महामति श्री प्राणनाथ छत्रसाल मिलाप महोत्सव तथा रक्षाबन्धन, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम, र भदौ २० गते श्रीकृष्ण जन्माष्टमी शोभायात्रा, नगर परिक्रमा तथा दही–उत्सव आयोजना गरिनेछ।

श्रोतः पूर्विअनलाइन

प्रतिकृया दिनुहोस