विदेशी पाहुनाको गन्तब्य बन्दै नेपालीरिका
सुन्दरहरैंचा, २८ साउन ०८३ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा रहेको नेपालीरिका विदेशी पाहुनाको आकर्षणको केन्द्र बन्दै गएको छ । तत्कालिन ईन्द्रपुर गा.बि.स.मा व्यवसायिक यात्राका क्रममा २०४७ सालतिर भोलेश्वर दुलाल (भोला) र कृष्ण दुलाल आएका थिए । साहसिक स्वभावका भाइ भोला र सफल व्यवसायिक प्लानिङको प्रतिभा भएका दाजु कृष्ण दुलालले ईन्द्रपुरमा व्यवसायिक विकासको बिऊ रोपेका थिए।
सुन्दर एकता र सहयोगी भावनाले भिजेको यस क्षेत्रको माटोमा पि.एल.ओ. लुब्रिकेन्ट उत्पादनको सपना देखे । देशकै ठूलो लुब्रिकेन्ट उद्योगको सफलतासँगै यस क्षेत्रमा ठूलो होटलको सपना देखेको उनको भनाईबाट प्रस्ट हुन्छ।
विराटचोकमा २०६६ सालतिर पाहुनालाई एक रात राख्न सक्ने कुनै होटलको सामर्थ्य थिएन । शहर विकाससँगै पि.एल.ओ. ग्रुप मार्फत नेपालीरिका होटल प्रारम्भ भएको देखिन्छ।
हाल नेपाल भारत हुँदै तेश्रो मुलुकका नागरिकहरुले यस होटललाई पर्यटकिय गन्तव्यको रुपमा रुचाउन थालेको देखिन्छ। यस होटलमा बहुरास्ट्रिय कम्पनीहरुले कार्यक्रम गर्ने थलो बन्न पुगेको छ ।
सफल मानिसको पाइला घरमा पर्दा समेत घर पवित्र हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता हेर्दा देश विदेशका सफल मानिसहरुको पाईला पर्नु होटल तथा सुन्दरहरैंचालाई सफल नगरको रुपमा हेर्न सकिन्छ । नेपालीरिका होटलले सुन्दरहरैंचा क्षेत्रको आतिथ्यताको साख राख्न सफल भएको छ ।
गत भाद्र २४ गतेको आन्दोलनबाट अपुरणीय क्षती व्यहोरेको नेपालीरिका होटलले पूनः आफ्नो व्यवसाय ठूलो साहसका साथ उठाउन सफल भएको छ ।










प्रतिकृया दिनुहोस