नेपालीरिका होटलमा स्वदेशदेखि भारतसम्मका ग्राहकको आकर्षण

सुन्दरहरैंचा, ०६ साउन ०८३ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा सञ्चालित नेपालीरिका होटलले लामो समयदेखि आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा र आतिथ्यता प्रदान गर्दै आएको छ। स्थानीय क्षेत्रमै सुविधा सम्पन्न तथा आकर्षक सेवा उपलब्ध गराउँदै आएको होटलमा स्वदेशका विभिन्न स्थानसँगै छिमेकी मुलुक भारतबाट समेत ग्राहक आउने गरेका छन् ।

 

विशेषगरी विवाह, पार्टी, पारिवारिक तथा सामाजिक समारोहका लागि नेपालीरिका होटल रोजाइमा पर्ने गरेको छ। होटलमा उपलब्ध व्यवस्थित वातावरण, सुविधासम्पन्न संरचना र उत्कृष्ट आतिथ्यताका कारण नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट समेत विवाह तथा अन्य कार्यक्रमका लागि ग्राहकहरू आउने गरेका छन् ।

 

ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको नेपालीरिका होटलले आफ्नो सेवा र आतिथ्यलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ । स्वदेशी तथा विदेशी पाहुनालाई समेत आकर्षित गर्न सफल यस होटल सुन्दरहरैंचा क्षेत्रमा विवाह, पार्टी तथा विभिन्न समारोह आयोजना गर्नका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस