पर्यटनमन्त्रीद्वारा सुन्दरहरैंचाका विभिन्न क्षेत्रको अवलोकन

सुन्दरहरैँचा, ११ साउन ०८३ ।  

सुन्दरहरैँचा नगरपालिका वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नयाँ वृन्दावनको पर्यटन मन्त्री खडकराज पौडेलले अवलोकन गर्नुभएको छ।

 

भ्रमणमा उहाँले नयाँ वृन्दावनका संरक्षक दिनबन्धु शास्त्रीसँग विशेष भेटघाट गरी गर्नुभएको थियो । छलफलमा यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको मुख्य केन्द्रका रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

 

सुन्दरहरैँचामा पर्यटकीय सम्भावना प्रचुर रहेको बताउँदै उहाँले स्थानीय स्रोत र प्राकृतिक सौन्दर्यलाई उपयोग गरेर पर्यटन विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

त्यसै गरी मन्त्री पौडेलले सुन्दरहरैँचाको वडा नं. ८ को भुल्के क्षेत्र, वडा नं. १० को बाघझोडा र बेलबारी नगरपालिकाको पर्यटकीय स्थल रमिते डाँडाको समेत अवलोकन गर्दै त्यस क्षेत्रको पर्यटकीय सम्भावनाबारे जानकारी लिनुभयो ।

 

भ्रमण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैँचाका सभापति टेकमणि न्यौपाने, उपसभापति उज्जल बन्जारा,  र्यापिड एक्सन टिमका संयोजक सन्देश कार्कीसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस