दोस्रो एसईई कप २०८३ को उपाधी बेलबारी एफ.सी. लाई
लेटाङ, १८ साउन ०८३ ।
मोरङको लेटाङ नगरपालिका वडा नं. ६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। फाइनल खेलमा खेरुवालाई हराउँदै बेलबारी प्रतियोगिताको च्याम्पियन बनेको हो।
‘स्वच्छ खेल, उज्यालो भविष्य’ भन्ने नारासहित चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा बेलबारी एफ.सी.ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो भने सेमिफाइनलमा बेलबारीले सनराइज युनाइटेड क्लबलाई र खेरुवाले सलला एफ.सी.लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिए ।
तस्बिरः उत्तरी मोरङ









..jpeg)

प्रतिकृया दिनुहोस