पि.एल.ओ. ग्रुप र विराटनगर किङ्सबीच नेपाल प्रिमियर लिग (एन.पि.एल) को तेस्रो सिजनका लागि प्रायोजक सम्झौता
सुन्दरहरैंचा, ६ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ स्थित विराटचोकमा रहेको पि.एल.ओ. ग्रुप र विराटनगर किङ्सबीच आज प्रायोजक सम्झौता भएको छ। नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि उक्त सम्झौता गरिएको हो।
विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको हो। विराटनगर किङ्सका तर्फबाट स्वामित्वकर्ता मध्येका सुयस प्याकुरेल र पि.एल.ओ.का तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
हस्ताक्षर समारोहमा विराटनगर किङ्सका खेलाडी प्रतिश जीसी र नारायण जोशीको समेत उपस्थिति थियो। कार्यक्रममा पि.एल.ओ.का प्रबन्ध निर्देशक दुलालले यसपटक विराटनगर किङ्सले उपाधि जित्ने विश्वास व्यक्त गर्दै अर्को हस्ताक्षर समारोह विजेता टोलीसँग गर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।











प्रतिकृया दिनुहोस