चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि इटहरीलाई, 

सुन्दरहरैंचा, २३ जेष्ठ ०८३ । 

मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजित चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा इटहरी उपमहानगरपालिकाले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्न सफल भएको हो ।

 

उपाधिसँगै विजेता इटहरी उपमहानगरपालिकाले ट्रफी, मेडलसहित नगद रु. ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता केराबारी गाउँपालिकाले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

 

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेल, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल लगायतले संयुक्तरूपमा  पुरस्कार वितरण गर्नुभएको थियो ।


 
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई विभिन्न विधाअन्तर्गतका व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिएको आयोजक नगर खेलकुद विकास समितिले  जनाएको छ ।

तस्बिरः पूर्विअनलाइन

प्रतिकृया दिनुहोस