असार १५ मा  ‘रन सुन्दरहरैचा’ आयोजना हुने, कार्यक्रमको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन  सम्पन्न । 

सुन्दरहरैचा, १२ असार ०८३  ।

आगामी असार १५ गते ‘रन सुन्दरहरैचा’ कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले तयारी तीव्र पारिएको जनाएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै आयोजक पक्षले कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय पहिचानलाई उजागर गर्नु रहेको बताए । कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

कार्यक्रम विराटचोकबाट सुरु भई सुन्दरहरैचाको विभिन्न क्षेत्र हुँदै पुनः विराटचोकमै समापन हुने जनाइएको छ । साथै, असार १५ को अवसर पारेर दही–चिउरा खाने, रोपाइँसँग सम्बन्धित गतिविधि र हिलो खेल्ने जस्ता सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ ।

 

पत्रकार सम्मेलनमा स्थानीय सरोकारवाला, आयोजक समिति तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुने दौडमा एकैसाथ १० हजारभन्दा बढी युवा सडकमा उत्रने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस