पूर्णप्रसाद दाहालद्वारा श्री राधारमण मन्दिरमा अक्षय कोष स्थापना

सुन्दरहरैंचा, ०६ साउन ०८३ ।

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० निवासी ७८ वर्षिय पूर्णप्रसाद दाहालले विराटनगर–४ स्थित श्री राधारमण मन्दिरमा धार्मिक तथा सामाजिक सेवाका लागि  रु. १ लाख १ हजार १२५ को अक्षयकोष स्थापना गर्नुभएकोछ। 

 

उमेरले माथि पुगे पनि दाहाल धार्मिक तथा सामाजिक कार्यमा सक्रिय देखिनुहुन्छ । सुन्दरहरैंचा ११ बेलेपुरमा आफ्नै जमिनमा जेष्ठ नागरिकहरुका लागि दाहाल चौतारी निर्माण गर्नुभएको छ भने फलैँचा बनाएर विभिन्न स्थानमा हस्तान्तरण गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस