सुन्दरहरैँचाका माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नियुक्तिपत्र प्रदान
मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगरभित्रका ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नियुक्तिपत्र प्रदान गरेको छ। शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) बमोजिमको प्रक्रिया पूरा गरी पहिलो चरणमा छनोट भएका ८ विद्यालयका प्रधानाध्यापकलाई नगरपालिकाले आज नियुक्तिपत्र प्रदान गरेको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजप्रसाद आचार्यका अनुसार बाँकी रहेका दुईवटा माध्यमिक विद्यालयका प्रधानाध्यापक पदका लागि समेत विज्ञापन गरिसकिएको छ। यस्तै, आधारभूत तहका विद्यालयका प्रधानाध्यापक नियुक्तिका लागि पनि विज्ञापन आह्वान गरिएको उहाँले बताउनुभयो।
छनोट भएका प्रधानाध्यापकहरूलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमारी भट्टराई फुयालले नियुक्तिपत्र प्रदान गर्नुभएको हो। नगरपालिकाले निर्धारित प्रक्रिया पूरा गरी विद्यालयको नेतृत्वलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापक छनोट तथा नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।







प्रतिकृया दिनुहोस