सुरु भयो ‘सुन्दरहरैँचा फुड फेस्टिबल २०८३’
सुन्दरहरैंचा, २६ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा ‘सुन्दरहरैँचा फुड फेस्टिबल २०८३’ सुरु भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गते देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने फेस्टिबलको नगर प्रमुख केदारप्रसाद गुरागाईले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख गुरागाईले फेस्टिबलले स्थानीय उत्पादन, व्यापार–व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यस्ता कार्यक्रमले स्थानीय उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार गर्ने अवसर प्रदान गर्नुका साथै नगरको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताए।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले स्थानीय खाद्य परिकार, उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको बताए। कार्कीका अनुसार फेस्टिबलले स्थानीय व्यवसायीलाई बजार विस्तार र उत्पादनको प्रचारप्रसारमा सहयोग पुर्याउनुका साथै उपभोक्तालाई विभिन्न परिकारको स्वाद लिने अवसर प्रदान गर्नेछ।
कार्यक्रम सम्योजक ज्ञानप्रसाद ढकालले स्वागत गर्नुभएको थियो । उहाँले फेस्टिबल मार्फत स्थानीय व्यापार–व्यवसायलाई प्रोत्साहन गर्दै सुन्दरहरैँचाको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।
फोटो / कृष्णचन्द्र सुवेदी










प्रतिकृया दिनुहोस