पुष्पज्योति साकोसको २१औँ वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा, १० असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा १० मा रहेको पुष्पज्योति बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा इन्द्रपुर जेसीजको सभाहलमा सम्पन्न भएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८२।०८३ को प्रगति विवरण, लेखा समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३।०८४ को कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाको हालको शेयर पूँजी १ करोड ५ लाख ४९ हजार ५ सय रुपैयाँ, कुल निक्षेप बचत ७ करोड ४० लाख ९९ हजार ५ सय २७ रुपैयाँ, कोषमा ७४ लाख ९९ हजार ९ सय ८८ रुपैयाँ र संस्थाको कुल पुँजी ९ करोड २७ लाख ४० हजार ९ सय ९९ रुपैयाँ रहेको जनाइएको छ।
अध्यक्षको प्रतिवेदन सहसचिव त्रिलोचन सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य विश्वराज भण्डारीले प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष चुडामणि घिमिरेले विदेशमा रहेका सदस्यको परिवारलाई नामसारीमार्फत कारोबारमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
साधारणसभाले संस्थाका विभिन्न कार्यविधिसमेत पारित गरेको छ। पारित कार्यविधिमा आन्तरिक लेखापरीक्षणसम्बन्धी कार्यविधि ,सदस्य सहकारी शिक्षा कार्यविधि, नगद परिचालन कार्यविधि, धितो मूल्यांकन कार्यविधि, गोष्ठी सञ्चालन कार्यविधि, शेयर कार्यविधि, बचत परिचालन कार्यविधि, आर्थिक प्रशासन कार्यविधि, साधारणसभा सञ्चालन कार्यविधि, उपसमिति गठन तथा सञ्चालन कार्यविधि, पुरस्कार तथा सम्मान कार्यविधि, सहकारी अवलोकन भ्रमण कार्यविधि र सदस्य राहत कोष कार्यविधि रहेका छन्।
साधारणसभामा उत्कृष्ट बचतकर्ता २ जना, शेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने २ जना र ज्येष्ठ सदस्यतर्फ २ जनालाई सम्मान गरिएको थियो।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक टोमनाथ उप्रेतीले सहकारीमा सुशासन कायम गर्दै सदस्यको हितमा केन्द्रित हुनुपर्ने बताउनुभयो। सहकारी संस्था मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उहाँले सदस्यले आफ्नो बचत कहाँ–कहाँ लगानी भएको छ भन्ने विषयमा समय–समयमा जानकारी लिनुपर्ने धारणा राख्नुभयो।
तस्बिरः कृष्णचन्द्र सुवेदी










प्रतिकृया दिनुहोस