मुक्तिनाथ रथयात्राको भोली कात्तिक १४ गते सुन्दरहरैँचामा भव्य स्वागत गरिने, तीन स्थानमा भेला हुँदै श्रद्धालुहरु
सुन्दरहरैँचा, १३ कात्तिक ०८३ ।
राष्ट्रव्यापी मेची–महाकाली मुक्तिनाथ रथयात्रा–२०८३ लाई मोरङको सुन्दरहरैँचा नगरपालिकामा भव्य रुपमा स्वागत गरिने भएको छ। रथयात्राको स्वागतका लागि भोलि कात्तिक १४ गते शनिबार नगरका विभिन्न स्थानमा श्रद्धालुजन, धार्मिक सङ्घ–संस्था तथा स्थानीयवासी भेला हुने तयारी गरिएको छ।
श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणी (नवलपरासी) मा आगामी मंसिर १ गतेदेखि २१ गतेसम्म आयोजना हुन लागेको ‘अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट् महायज्ञ–२०८३’ को प्रचार–प्रसार तथा धार्मिक जनजागरणका उद्देश्यले रथयात्रा सञ्चालन गरिएको हो।
परमश्रद्धेय श्रीमुक्तिनाथबाबा (कमलनयनाचार्य श्रीजी महाराज) को पावन सत्सङ्कल्पमा सञ्चालित यस अभियानको मुख्य उद्देश्य श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्ट महाविद्यालयका रूपमा विकास गर्नुका साथै श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको आयोजकले जनाएको छ।
रथयात्राको स्वागत कार्यक्रमअन्तर्गत कार्तिक १४ गते बिहान १०ः३० बजे जेसीज भवनस्थित काली मन्दिरमा पहिलो भेला हुनेछ। त्यसपछि बिहान ११ः३० बजे वृन्दावन गौशालामा दोस्रो भेला आयोजना गरिनेछ। दिउँसो १२ः३० बजे सुन्दरहरैँचा नगरपालिका प्रवेशद्वार बलिया चोकमा संयुक्त भेला तथा भव्य स्वागत कार्यक्रम सञ्चालन गरिने कार्यक्रम तय भएको छ।
राष्ट्रव्यापी मेची–महाकाली मुक्तिनाथ रथयात्रा–२०८३ स्वागत व्यवस्थापन नगर समितिका संयोजक नारायण कार्कीले सम्पूर्ण नगरवासी, धार्मिक सङ्घ–संस्था, समाजसेवी तथा श्रद्धालु भक्तजनलाई रथयात्राको स्वागत कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।











प्रतिकृया दिनुहोस