पुर्ख्यौली गाउँको विद्यालयलाई डा. सुनिलकुमार शर्माद्वारा रु. ५ करोडको सहयोग
५ असोज ०८३ ।
विराटनगरमा रहेको नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेज (के.एम.सी.) का सञ्चालक डा. सुनिलकुमार शर्माले आफ्नो पुर्ख्यौली थलो धनकुटाको चुङ्माङ्स्थित भारती माध्यमिक विद्यालयलाई रु. ५ करोड बराबरको सहयोग गरेका छन् ।
विद्यालयको नाम आफ्ना पुर्खाको नाममा परिवर्तन गर्न ३ करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने गरी उनले सहयोग गरेका हुन् ।
विद्यालयको नाम ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गर्ने सहमति भएको प्रधानाध्यापक हरिप्रसाद पौडेलले बताए। नाम परिवर्तनका लागि शर्माले विद्यालयको नाममा ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।









प्रतिकृया दिनुहोस