आज संविधान दिवश विभिन्न कार्यक्रम गरी मनाईंदै
सुन्दरहरैंचा, ३ असोज ०८३ ।
आज असोज ३ गते, नेपालमा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ।
संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ। संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा अघि बढाउँदै नागरिकका मौलिक हक, समानता, समावेशिता, सामाजिक न्याय तथा जनप्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने व्यवस्था सुनिश्चित गरेको छ।









प्रतिकृया दिनुहोस