आज विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै
सुन्दरहरैंचा, १ आश्विन ०८३ ।
आज आश्विन १ गते अर्थात विश्वकर्मा पूजा । विश्वकर्मा पूजामा विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ । हिन्दू संस्कृतिमा विश्वकर्मालाई यन्त्रका देवता मानिन्छ । उनी भगवान ब्रह्माका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । पुष्पक विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।
भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरुमा गरिएको छ । उनका अनन्त र अनुपम कृतिमा सत्य युगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापारयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् । भगवान् विश्वकर्मालाई ब्रम्हाण्डकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । उनले स्वर्ग, मर्त्य र पाताल तिनै लोकको निर्माण गरेको विश्वास गरिन्छ ।









प्रतिकृया दिनुहोस