सुन्दरहरैँचाबाट गाँजा र बन्दुक सहित एकजनालाई पक्राउ

सुन्दरहरैंचा, १४ साउन ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मुनालझोडाबाट गाँजा र बन्दुक सहित बुधबार राति ९ः१० बजेतिर एक जना पक्राउ परेका छन् । मुनालझोडामा लागूऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली खटिएको थियो । 

 

गिरी नेतृत्वको टोलीले सुन्दरहरैँचा–१० का ५६ वर्षीय बलबहादुर राईको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा गाँजा र बन्दुक फेला पारेको हो ।


मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भान्साकोठाको माथि लुकाइछिपाइ राखिएको अवस्थामा एउटा भरुवा बन्दुक र घरनजिकै रहको गोठबाट १ किलो ५०० ग्राम गाँजा बरामद भएको छ । बन्दुक र गाँजासहित राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ ।


उनीविरुद्ध हातहतियार खरखजना र लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रोतः पूर्विअनलाईन

प्रतिकृया दिनुहोस