स्थानीय रोजगारी र उत्पादनमा योगदान पुर्‍याउँदै सरु काष्ठ उद्योग

 

सुन्दरहरैंचा, १४ साउन ०८३ ।

मोरङको  सुन्दरहरैँचा वडा नं. ११ मा विगत २६ वर्षदेखि निरन्तर रूपमा काष्ठ उद्योग सञ्चालन गर्दै आउनुभएका बालकृष्ण गिरी सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ। उहाँद्वारा सञ्चालित “सरु काष्ठ उद्योग” ले स्थानीयस्तरमा काठजन्य सामग्री उत्पादन र आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

 

दीर्घ अनुभव, मेहनत र निरन्तरताका कारण गिरीले आफ्नो अलग पहिचान बनाउन सफल भए पनि पछिल्लो समय काष्ठ व्यवसायमा विभिन्न चुनौतीहरू थपिँदै गएका छन्। आधुनिक प्रविधिको तीव्र विकाससँगै काठका सामग्रीहरूको प्रयोग घट्दै जानु, वैकल्पिक सामग्रीहरूको बढ्दो प्रयोग, साथै बजारको प्रतिस्पर्धात्मक अवस्थाले व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न गरेको उहाँको भनाइ छ।

 

यस्ता चुनौतीका बाबजुद पनि गिरीले आफ्नो व्यवसायलाई निरन्तरता दिँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयास गरिरहनुभएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना र उत्पादनमूलक गतिविधिमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।

 

उद्योगी गिरीले राज्यबाट प्रविधि मैत्री नीति, सहुलियत तथा साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको बताउनुभएको छ। उचित सहयोग र नीतिगत सहजीकरण भएमा काष्ठ उद्योग पुनः सशक्त बन्न सक्नेमा उहाँ विश्वस्त हुनुहुन्छ। 

प्रतिकृया दिनुहोस