आजदेखि बढ्यो पेट्रोल,  डिजेल र मट्टितेलको मूल्य

सुन्दरहरैंचा, १८ श्रावण ०८३ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

 

निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैया, डिजेल र मट्टितेलमा पाँच रुपैयाले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

 

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।

 

नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिट र २०० पुगेको छ । सुर्खेत र दाङमा १९९ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

 

यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल र मट्टितेल प्रतिलिटर १९५ रहेको थियो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस