सुन्दरहरैंचामा नेपाल जेसिज क्षेत्र क सम्मेलन भब्य हुने, केपी ओलीको बाहुलीबाट उद्घाटन गरिने ।
रेडियो सुसेली न्युज डेस्क ।
मोरङ्को सुन्दर हरैंचामा रहेको इन्द्रपुर जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र क सम्मेलन भाद्र १७ र १८ गते सुन्दरहरैंचामा भब्य रुपमा सम्पन्न हुँदै छ । सम्मेलनको उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माको बाहुलीबाट हुने तयारी भएको छ । ओली भोलि शुक्रबार सुन्दरहरैंचा आउने भएका छन् । वडा नं ९ स्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा जेसीजको क्षेत्र क सम्मेलनको ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
नेपालभरीबाट १६ वर्ष देखि ४० वर्ष भित्रका ७ सय भन्दा बढी उद्योगी तथा व्यवसायीहरु सुन्दरहरैंचामा ओर्लिदै छन् यस सम्मेलनले सुन्दरहरैंचा भित्रका पर्यटकीय क्षेत्र, उद्योग र उत्पादनलाई नेपालभर चिनाउन ठुलो मद्धत पुग्ने आसा र उदेस्य सहित कार्यक्रम तय गरिएको आयोजक संस्थाले बताएको छ । यस अघि । सन् २०१२ मा सम्मेलन यसैविशेष नगरमा संम्पन्न गरिएको थियो, यस पटकको सम्मेलनलाई बिशेष रुपले हेरिएको छ । सम्मेलनमा नेपाल जेसीजले विभिन्न कार्यक्रम, फेलेसिप, तालिम लगायत आयोजना गर्ने जनाइएको छ ।
यस अघिका सम्बन्धित समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस
नेपाल जेसीज क्षेत्र सम्मेलनको पूर्व सन्ध्यामा सरसफाई
नेपाल जेसिज सम्मेलन २०२२ को तयारी तीब्र पारिदै ।
नेपाल जेसिजको क्षेत्र क सम्मेलन सफल उद्योगीहरुको कुम्भ मेला हाम्रो आतिथ्यता कस्तो होला ?
नेपाल जेसिज क्षेत्र क सम्मेलनको लागि आयोजित पत्रकार सम्मेलनका तस्बिर









प्रतिकृया दिनुहोस