नेपाल जेसिजको क्षेत्र क सम्मेलन सफल उद्योगीहरुको कुम्भ मेला हाम्रो आतिथ्यता कस्तो होला ?

बाबुराम निरौला

इन्द्रपुर जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र क सम्मेलन भाद्र १७ र १८ गते सुन्दरहरैंचामा सम्पन्न हुँदै छ । नेपालभरीबाट १६ वर्ष देखि ४० वर्ष भित्रका ७ सय भन्दा बढी उद्योगी तथा ब्यापारी सुन्दरहरैंचामा  ओर्लिदै छन् । नेपालभरीबाट यस क्षेत्रमा परिपक्व नेतृत्वको उपस्थितिले सुन्दरहरैंचा भित्रका पर्यटकीय क्षेत्र, उद्योग र उत्पादनलाई नेपालभर चिनाउन ठुलो मद्धत पुग्नेछ ।

बाघझोड़ा सिमसार, हसिना सिमसार, गाईको प्रतिमा, जस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलो मद्धत पुग्नेछ । सन् २०१२ मा सम्पन्न क्षेत्र क सम्मेलनमा होटलको अभावका कारण इटहरी र बिराटनगरमा राख्ने समस्यालाई १० वर्षको अन्तरालमा नेपलिरिका जस्ता होटेल संचालनमा आई सुबिधा सम्पन्न ७०० को हाराहारीमा मानिस राख्न सक्ने क्षमताको होटेल सुन्दर हरैंचामा निर्माण भइ संचालनमा आएको सफल यात्रा देख्न सकिन्छ ।

यस सम्मेलनले पहिलाको साख जोगाउन र नयाँपन दिनुनै यस सम्मेलनको सफलता हो । तिब्र गतिमा रहेको यस क्षेत्रले आगामी दिनहरुमा आफ्नो स्थानीय पहिचान सहितको कुनै बस्तु दिन नसक्नु भने कमजोरी रहेको छ । आगामी दिनहरुमा आफ्नो स्थानीय पहिचान सहितको बस्तु उत्पादन गर्न आवस्यक देखिन्छ ।

 

प्रतिकृया दिनुहोस