नेपाल जेसिज सम्मेलन २०२२ को तयारी तीब्र पारिदै ।
सुन्दरहरैंचा । नेपाल जेसीज क्षेत्र ‘क’ सुन्दरहरैचा सम्मेलनको तीव्र तयारी भइरहेको छ । सडक क्षेत्रको सरसफाइ, शाखाहरुलाई निमन्त्रणा कार्य तीव्र रुपमा अगाडी बढेको क्षेत्र ‘क’ २०२२ सम्मेलन निर्देशक नारायण कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिलो चरणमा कोशी पूर्वका झापा, मोरङ, इलाम, सुनसरी धनकुटा जिल्लामा रहेका शाखाहरुलाई निमन्त्रणा गरिसकिएको जानकारी दिनुभयो ।
सुन्दरहरैंचाको इन्द्रपुर जेसीज मङ्गल स्मृति प्रतिष्ठानको सभाहलमा आगामी भाद्र १७ र १८ गते सम्मेलन हुँदै छ । क्षेत्र ‘क’ मा ४३ वटा शाखाहरू रहेका छन् । यी शाखाबाट सम्मेलनमा भाग लिन ५ सय भन्दा धेरै सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
अतिथिहरुलाई खाने र बस्ने व्यवस्थापनको काम भइसकेको बताइएको छ । सम्मेलनले यस क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धन वृद्धि हुने, यहाँ रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराई त्यसको विकास र प्रचारप्रसार सहयोग पुग्ने निर्देशक कार्कीले बताउनुभयो । कार्यक्रमको तयारीका लागि यस अघि विराटचोकमा सचिवालयको उद्घाटन भइसकेको छ । सम्मेलनमा नेपाल जेसीजले विभिन्न कार्यक्रम, फेलेसिप, तालिम लगायत आयोजना गर्ने जनाइएको छ । सम्मेलनलाई सफल बनाउन विभिन्न उपसमितिहरुले तीव्र रुपमा काम गरिरहेका कार्कीले बताउनुभयो ।








प्रतिकृया दिनुहोस