नेपाल जेसीज क्षेत्र सम्मेलनको पूर्व सन्ध्यामा सरसफाई

रेडियो सुसेली न्युज डेस्क

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको पूर्व सन्ध्यामा सुन्दरहरैंचा उद्योग बाणिज्य संघको अगुवाई तथा नगरमा रहेका विभिन्न व्यवसायिक प्रतिस्थान, सामाजिक संघ संस्था तथा क्लबको सहभागितामा  सरसफाई कार्यक्रम संम्पन्न गरिएको छ । आगामी भाद्र १७ र १८ गते इन्द्रपुर जेसिजको अतिथ्यतामा काली मन्दिर जेसिज हलमा  हुने सम्मेलनमा  प्रवेश क्षेत्र लगायतका अन्य स्थानहरुमा सरसफाई गरिएको हो ।

आफु बस्ने ठाउँ सफा गर्यो भने मात्र त्यस ठाउको पहिचान खुल्छ भन्ने उदेस्यले सरसफाई कार्यक्रमको  आयोजना गरिएको जेसिज अध्यक्ष भवानी ढकालले बताउनुभयो साथै सरसफाईमा सहभागी सबैलाई धन्यवाद दिनुभयो । त्येसैगरी सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । बजारको सौदर्यकरणको र आगन्तुक पाहुनाहरुलाई स्वागत गर्न साथै अन्य सहरले पनि सिखो सरसफाईमा ध्यान दिउन भन्ने उदेस्यले  कार्यक्रमको आयोजना गरिएको रिजालको भनाइ थियो । सुन्दरहरैंचा नगर क्षेत्र भित्र  धेरै राजनीतिक दलका पार्टी, समाजिक संघ संस्था, व्यावसायिक प्रस्तिस्थान भए पनि जे सुकै कार्य गर्दा पनि सबै एकजुट हुन्छन भन्ने संदेश बाहिर  जाने गरेको उहाँको भनाइ थियो ।

 

क्षेत्र ‘क’ मा ४३ वटा शाखाहरू रहेका छन् । यी शाखाबाट सम्मेलनमा भाग लिन ५ सय भन्दा धेरै सहभागी हुने आयोजकले जानकारी गराएको छ । सम्मेलनमा उपस्थितिले सुन्दरहरैंचा भित्रका पर्यटकीय क्षेत्र, उद्योग र उत्पादनलाई नेपालभर चिनाउन ठुलो मद्धत पुग्ने आशा गरिएको छ ।

 

नेपाल जेसीज क्षेत्र सम्मेलनको पूर्व सन्ध्यामा सरसफाई 

https://www.youtube.com/watch?v=lL7CTzqC09s

 

प्रतिकृया दिनुहोस