केराबारीमा गरियो बजार अनुगमन, म्याद सकिएका सामानहरु नष्ट 

केराबारीः आज मोरङको केराबारी गाउँपालिकामा रहेका विभिन्न पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु तथा उपभोग गर्ने मिति सकिएका सामान भेटिएपछि त्यस्ता वस्तु नष्ट गरिएको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, केराबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागितामा बजार अनुगमन गरिएको पालिकाले जनाएको छ ।

फोटो / शिखरबास खवर

प्रतिकृया दिनुहोस