सुन्दरहरैंचाको सलकपुरमा चार दिनसम्म ‘सलकपुर कला उत्सव’ हुँदै
सुन्दरहरैंचा, १६ असोज ०८३ ।
मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा आज शुक्रवार देखि सोमबारसम्म ‘सलकपुर कला उत्सव २०८३’ आयोजना हुने भएको छ । शिल्पी नाट्य केन्द्रको आयोजनामा हुने उत्सवमा कविता, नाटक, रेडियो नाटक गजल तथा साङ्गीतिक प्रस्तुति लगायतका कार्यक्रम हुने भएका हुन् ।
उत्सवअन्तर्गत आज बिहान ८ बजे ११ बजे र २ बजे ‘चचहुई’ शीर्षकको रेडियो नाटक प्रस्तुत गरिने भएको छ । विद्यार्थीकेन्द्रित ती नाटक हेर्न विद्यालयका विद्यार्थीको उल्लेख्य सहभागिता हुने जनाइएको छ ।
आज बेलुका ४ बजे उद्घाटन समारोह हुने र साढे ४ बजे ‘म कहाँ हराएँ’ नाटक मञ्चन हुने आयोजकले जनाएको छ । भोलि असोज १७ गते शनिबार दिउँसो ३ बजे ‘भुल्केमा कविता’ अन्तर्गत १० जना कविका कविता वाचन हुने र साँझ साढे ४ बजे ‘म कहाँ हराएँ’ नाटक प्रस्तुत गरिने भएको छ ।
भोलि साँझ ४ बजे ‘म कहाँ हराएँ’ नाटक प्रस्तुत हुने र ५ बजे ‘जंगलमा गजल’ कार्यक्रम आयोजना हुने जनाइएको छ । उत्सवको अन्तिम दिन सोमबार बिहान ८ र ११ बजे तथा दिउँसो २ बजे विद्यार्थीलक्षित ‘चचहुई’ नाटक मञ्चन हुने भएको छ । साँझ ५ बजे झुमा लिम्बू एन्ड रैथाने ब्याण्डको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सबै कार्यक्रम शिल्पी नाट्य केन्द्र, सुन्दरहरैंचा–८, सलकपुरमा आयोजना हुने शिल्पी नाट्य केन्द्रका निर्देशक घिमिरे युवराजले बताउनुभयो । नाटक, कविता, गीत, गजल तथा चित्रकलासहितका विभिन्न प्रस्तुति रहने उत्सवमा विदेशी कलाकारसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
श्रोतः शिखरबास खबर











प्रतिकृया दिनुहोस