महिला सशक्तीकरण र सामाजिक विकृति न्यूनीकरणमा सुन्दरहरैंचाका महिलाहरुको जोड

सुन्दरहरैंचा, ०८ भाद्र ०८३ ।

नजिकिँदै गरेको तीज र धार्मिक तथा सांस्कृतिक गतिविधिमा बढ्दै गएका सामाजिक विकृतीका बारेमा सुन्दरहरैंचा नगरपालिकाका अगुवा तथा विभिन्न संघसंस्थामा सक्रिय रहनुभएका महिलाहरुसँग रेडियो सुसेलीले कुराकानी गरेको छ । यसै क्रममा उद्योग वाणिज्य संघको सञ्चालक समिति सदस्य पद्मा भट्टराईका अनुसार धार्मिक तथा सांस्कृतिक गतिविधीहरु परम्परागत भन्दा भड्कीला र आधुनिकताले छोप्दै गएको छ ।

 

परम्परागत संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो साझा दायित्व बनेको छ । महिला व्यवसायिको अवस्था बारे प्रश्न गर्दा झन्डै ५ सय बढीको संख्यामा महिला उद्यमी र व्यवसायी रहनुभएको छ । मासिक विवरण बुझाउन र व्यवसायिक क्षेत्रमा राज्यको कानुन सँगसँगै जान आवस्यक तालिम तथा क्षमता विकास आवस्यक रहेकोछ  यसका लागि हामी सहजिकरणका काम गरिरहेका छौँ । 

 

त्यसैगरी पाथीभरा स्वतन्त्र महिला समाजकी सचिव विन्दा दाहालले समग्र सुन्दरहरैंचामा  विपन्न परिवारको उत्थान महिलाको सशक्तिकरणबाट मात्र सम्भव हुने भएकोले ग्रामिण क्षेत्रबाटै महिलाहरुलाई सशक्तिकरणको आवस्यक रहेको बताउनुभयो साथै आउँदै गरेको तीज झुपडी र महलमा एकै किसिमको आउन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

 

कुराकानीकै क्रममा सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष बिमला अधिकारी भन्नुहुन्छ, महिलाले नेतृत्व तहमा पुग्न निकै चुनौतीको सामना गर्नुपर्ने र नेतृत्वमा पुगेपछि अवसर प्रशस्त छन् भन्ने बुझ्न जरुरी छ । समाजमा महिलाले नेतृत्व गर्न सक्छन भन्ने सोच भएपनि  नेतृत्व दिइहाल्न कठिन छ त्यसैले आफु पनि जागरुक बन्नुपर्ने र घरपरिवार सबै क्षेत्र मिलाएरअघि बढ्नुपर्ने धारणा राख्नुभयो । 
 

प्रतिकृया दिनुहोस