तीनपैनीको आइतबारे हटियामा पुनः सञ्चालनमा

सुन्दरहरैंचा, ०८ भाद्र ०८३ ।

मोरङको सुन्दरहरैँचा ५ स्थित तीनपैनीको आइतबारे हटिया सञ्चालनमा आएसँगै पुनः चहलपहल बढ्न थालेको छ। साउनको अन्तिम आइतबारदेखि पुनः सञ्चालनमा आएको हटियामा स्थानीय उत्पादन बिक्री गर्ने साना व्यवसायीदेखि बाहिरी व्यापारीसमेत आउन थालेका छन्।

 

हटियामा स्थानीयस्तरमा उत्पादित सामग्रीसँगै दैनिक उपभोग्य खाद्यान्न, सागसब्जी, फलफूल लत्ताकपडालगायतका सामग्री बिक्रीका लागि राखिने गरेका छन्। बजारमा किनमेल गर्ने स्थानीयको उपस्थिति पनि बढ्दै गएको छ। 

 

तीनपैनीमा धेरै पहिलेदेखि आइतबारे बजार लाग्ने गरेको भए पनि केही समयदेखि बजार बन्द भएको थियो। लामो समयपछि पुनः बजार सञ्चालनमा आएपछि स्थानीय व्यवसायी तथा उपभोक्ता उत्साहित भएका छन्।

तस्बिरः पूर्वीअनलाइन ।

प्रतिकृया दिनुहोस