काफ्ले परिवारद्वारा सुकुना क्याम्पसलाई दुई लाख हस्तान्तरण
सुन्दरहरैंचा ।
मोरङको सुन्दरहरैँचा वडा नं. १२ निवासी समाजसेवी उदयनारायण काफ्ले, योगराज काफ्ले तथा काफ्ले परिवारले स्वर्गीय चिन्तामणि काफ्ले, स्वर्गीय चन्द्रमाया काफ्ले र स्वर्गीय सूर्यकुमारी काफ्लेको स्मृतिमा सुकुना बहुमुखी क्याम्पसको छात्रवृत्ति अक्षयकोषका लागि दुई लाख रुपैयाँको बैंक चेक हस्तान्तरण गर्नुभएको छ ।
उक्त सहयोग विद्यार्थीहरूको अध्ययनमा आर्थिक टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको हो। परिवारका तर्फबाट उक्त चेक क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।










प्रतिकृया दिनुहोस