सुन्दरहरैंचा १० विराटचोकमा ‘लोक मेडिकल हल एण्ड क्लिनिक’ सञ्चालनमा
सुन्दरहरैंचा २७ असार ०८३ ।
मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा आजदेखि ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ। मेडिकल हलको औपचारिक उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको हो।
मेडिकल हलमा विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध गराइने सञ्चालक कविता कुमारी साहले जानकारी दिनुभयो।
उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुटको व्यवस्था गरिएको छ। यसअन्तर्गत भिटामिन डी, भिटामिन बी , भिटामिन बी–१२ र थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिइनेछ। साथै, ब्लड सुगर परीक्षण सधैं १० रुपैयाँमै उपलब्ध गराइने सञ्चालक साहले बताउनुभयो।
क्लिनिकमा बिहान र बेलुका वरिष्ठ एम.बी.बी.एस. चिकित्सकबाट नियमित सेवा उपलब्ध हुनेछ। साथै, प्रत्येक महिनाको दोस्रो शनिबार कान्ति बाल अस्पताल काठमाडौंका नवजात तथा बालरोग विशेषज्ञ डा. श्रीराम साहबाट पनि सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त क्लिनिकमा डिजिटल एक्स–रे, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल फिजिसियन, छाला तथा यौन रोग लगायतका विशेषज्ञ चिकित्सकबाट निश्चित दिनमा सेवा उपलब्ध गराइनेछ। अत्याधुनिक ल्याबमार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवासमेत सञ्चालनमा ल्याइएको छ।
स्थानीय नागरिकलाई गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘लोक मेडिकल हल एण्ड क्लिनिक’ सञ्चालनमा ल्याइएको बताइएको छ ।
श्रोतः पूर्विअनलाईन









प्रतिकृया दिनुहोस