संघर्षलाई शक्तिमा बदल्दै सुजाता बान्तवा, विराटचोकमा एस.आर. फिटनेस सेन्टर सञ्चालन गर्दै
सुन्दरहरैंचा, १२ कात्तिक ०८३ ।
निरन्तर मेहनत र दृढ इच्छाशक्ति भए कठिन परिस्थितिमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् सुजाता बान्तवा । एकल महिला भएर छोराछोरीको स्याहारसुसारसँगै व्यावसायिक जिम्मेवारी सम्हाल्दै आएकी उनी अहिले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९, विराटचोकमा एस.आर. फिटनेस सेन्टर सञ्चालन गरिरहेकी छन्।
बि.सं. २०७६ सालमा फिटनेससम्बन्धी तालिम लिएर यस क्षेत्रमा प्रवेश गरेकी बान्तवाले बि।सं। २०८० सालदेखि आफैँ ट्रेनरका रूपमा काम गर्न थालेकी थिइन्। तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई निरन्तर व्यवहारमा उतार्दै उनले आफ्नो सीप र क्षमता विकास गरिन्। लामो संघर्ष र मेहनतपछि बि.सं. २०८२ सालदेखि आफ्नै एस.आर. फिटनेस सेन्टर सञ्चालन गर्न सफल भइन्।
एस.आर. फिटनेस सेन्टरमा ग्राहकको शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई ध्यानमा राख्दै पर्सनल ट्रेनिङ, कार्डियो तथा जिमलगायतका सेवा उपलब्ध छन्। फिटनेसप्रति आकर्षण बढाउँदै ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यले दशैँ–तिहारको अवसरमा विशेष छुट योजनासमेत ल्याइएको छ। उक्त योजनाअन्तर्गत वार्षिक शुल्क एकमुष्ट बुझाउने ग्राहकलाई २० प्रतिशत छुटका साथै निःशुल्क भर्नाको व्यवस्था गरिएको छ।
पारिवारिक जिम्मेवारीसँगै व्यवसाय सञ्चालन गर्नु उनका लागि सहज यात्रा थिएन। तर, चुनौतीका बीच पनि हिम्मत नहारी आफ्नो लक्ष्यतर्फ अघि बढेकी बान्तवाले फिटनेससम्बन्धी सीपलाई व्यवसायमा रूपान्तरण गर्न सफल भएकी छन्। उनको यात्रा केवल व्यवसाय सञ्चालनको कथा मात्र नभई आत्मनिर्भर बन्न चाहने महिलाका लागि प्रेरणाको उदाहरणसमेत हो।
आफ्नो मेहनत र सीपमा विश्वास गर्दै अघि बढेकी बान्तवाले कठिन परिस्थितिलाई बहाना होइन, अवसरका रूपमा लिन सकिने सन्देश दिएकी छन्। विराटचोकमा एस.आर. फिटनेस सेन्टर सञ्चालन गर्दै उनी आफ्नो व्यावसायिक पहिचानलाई थप स्थापित गर्ने यात्रामा अघि बढिरहेकी छन्।







प्रतिकृया दिनुहोस