शंकरले ल्याए 'हे मन' ( भिडियो )

काठमाडौं- नेपाली संगीत क्षेत्रमा १ दशक भन्दा बढी समयदेखि निरन्तर क्रियासिल गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को स्वरमा समावेश 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  


यस गीतमा शब्द अमेरिकामा बसेर  सिर्जनामा सक्रिय गीतकार राखी गौचनको रहेको छ।  स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई  उत्सव दाहालले छायांकन गरेका हुन्। भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।  मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।  

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको  हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक सोर्तालाई आग्रह गरेका छन्।  

 

VIDEO LINK:  https://youtu.be/hGXnR5c1-ig

प्रतिकृया दिनुहोस