फोहोर फाल्ने ठाउँ बन्यो पर्यटक लोभ्याउने फूलबारी बगैँचा ।
विपुल सुवेदी/ सुन्दरहरैँचा
हामी फुलबारी बगैँचा भन्ने बित्तिकै आफ्नो घरमा लगाएको फूलबारी वा नर्सरीलाई सम्झन्छौं तर यो न कसैको घरको फूलबारी हो न त कसैको नर्सरी । यो त धनकुटा नगरपालिकाले सल्लेरी ६ को डम्पिङ साइडमा थुपारेको फोहोरमाथि फूलाएका फूलहरु हुन् ।

नगरपालिकाको यो उदाहरणीय कार्यसँगै यतिबेला यो क्षेत्र पर्यटकहरूको मुख्य आकर्षक केन्द्र बनेको छ । दुर्गन्धित फोहोरका थुप्रा माथि ढकमक्क फूलेका फूलहरुले बेग्लै शोभा बढाएको छ । मौरीको घारसँगै पर्यटकलाई आकर्षित गर्नका लागि मानिसहरुको थकाई र पिडा पार गर्ने स्थल बनेको छ फूलबारी बगैँचा ।

नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याइ कुहिनेलाइ मलको लागि प्रयोग गर्दै आएको छ भने होटल, अस्पतालबाट निस्केका प्लाष्टिक, सिसा, फलाम जस्ता फोहोर छुट्याइ बिक्रि गर्दै आएको छ । नागरिक सचेतना मिडियाको सपोर्टले गर्दा यो सफलता हात परेको नगरप्रमुख चिन्तन तामाङ्ग बताउनु हुन्छ ।

जनप्रतिनिधिले सपना देख्ने र कर्मचारीलेत्यसलाई कार्यान्वयन गरे मात्र सफलता हात पर्ने शाखा प्रमुख खनाल बताउनुहुन्छ साथै सरसफाई कर्मीलाई प्रोत्साहन गरेर अघि बढ्नसके काम गर्न सहज हुने उहाँको दावि छ तर ब्युरोकेसी खराब भएका कारण काम गर्न चुनौती समेत रहेको उहाँको भनाई छ ।

वि.स. २०७० सालमा नगरपालिकाबाट ५० हजार बजेट विनियोजन गरि व्यवस्थित ढंगबाट फूलबारी पार्क निर्माण गरिएको वातावरण शाखा प्रमुख उपेन्द्र खनाल बताउनुहुन्छ । खनालले बताएअनुसार बगैँचा बनाऔँ भन्दा हाकिमहरु मान्नु भएन । उहाँहरु छुटिमा गएको बेला उहाँ आफैँ लागि परेर फूलबारीको आकार निर्माण गर्नुभयो ।

फोहोरमैला व्यवस्थापनमा नेपालकै नमूना पालिकाको रुपमा स्थापित भएको धनकुटाले फोहोरबाट मोहोर मात्र कमाएको छैन, धेरै जनालाई रोजगारी र वातावरणलाई समेत हराभरा राख्न ठूलो भुमिका खेलेको छ ।
फोहोरमैला कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा आफुहरु लामो समयदेखि लागि परेको नगरप्रमुख चिन्तन तामाङको भनाई छ ।


देशकै समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनकामा स्थानीय सरकारले समयमानै सोच्न जरुरी छ हैन भने फोहोर अहिले काठमाडौँलाई जसरी गलाको पासो बनेको छ त्यो पछि अरु स्थानीय तहलाई नपर्ला भन्न सकिन्न । स्थानीय सरकारले फोहोर प्रशोधन केन्द्र र त्यसलाई बैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्न अग्रसरता देखाई अगाडी बढ्न जरुरी छ ।









प्रतिकृया दिनुहोस