चर्चित टिकटक स्टार अभिनित 'जेनेरेसन' सार्वजनिक ( भिडियो )

काठमाडौं–  नेपालमा कक्षा २ को अध्ययन पुरा गरेर अस्ट्रेलिया पुगेकी नव गायिका हिमानी कान राम्रो संग नेपाली बोल्न जान्दिनन्। अस्ट्रेलियामा  पढाइ संगै संगीत सिकेरहेकी हिमानीलाई भोइस अफ नेपालका आशिष गुभाजुले संगीत संगै नेपाली भाषा सिकाइरहेका छन्।

विदेशमा रहेको अहिलेको  दोस्रो पुस्ताले नेपाली संस्कार, संस्कृति,  भाषा र  साहित्य खासै बुझेको छैन। नेपाली बोल्न नजाने पनि नेपाल र नेपाली संगीतलाई मन पराउने नव गायिका हिमानी कानले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। 'जेनेरेसन' बोलको उक्त गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको  छ भने  विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। गीतमा चर्चित र्यापर बुलेट फ्लोको र्याप समेत सुन्न सकिन्छ।  
 
म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठकोअभिनय रहेको छ।  सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो।  आरोन कान निर्माता रहेको भिडियोलाई  ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।  

 

भिडियो लिंक: https://youtu.be/-AEeNgxeFRY

प्रतिकृया दिनुहोस