आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन
सुन्दरहरैंचा, २६ भाद्र ०८३ ।
आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व आज देशभर आफ्ना पितालाई विशेष सम्मान गरी मीठो खान तथा राम्रो लगाउन दिई मनाइँदैछ ।
आज दिवङ्गत पिताका नाममा काठमाडौंको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ । आजकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश घरघरमा राख्ने काम हुन्छ ।









प्रतिकृया दिनुहोस