सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा १ दिने निःशुल्क महिला स्वास्थ्य परीक्षण शिविर सम्पन्न
सुन्दरहरैंचा, २५ भाद्र ०८३ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगर र सुकुना सामुदायिक अस्पतालको प्राविधिक सहयोग मा १ दिने निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मोरङको सुन्दरहरैँचा १० स्थित सुकुना सामुदायिक अस्पतालमा सम्पन्न भएको छ।
शिविरमा स्त्रीरोग, स्तन क्यान्सर, पाठेघरको क्यान्सर, पिसाब संक्रमण, गर्भावस्था, उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको कार्यक्रम संयोजक अनिता अधिकारीले बताउनुभयो। महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउँदै समयमै रोगको पहिचान र उपचारमा पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिबिरमा १०० जनाभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएकोमा १० जनामा केही समस्या देखिएको हुँदा थप उपचारका लागि नोबेल मेडिकल कलेज, विराटनगर रिफर गरिएको कार्यक्रम संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो








प्रतिकृया दिनुहोस