फूल सजावट व्यवसायबाट आत्मनिर्भर बन्दै रबिना रोक्का
सुन्दरहरैंचा, १८ भाद्र ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ विराटचोककी रबिना रोक्का मेहनत, सिर्जनशीलता र आत्मविश्वासका साथ महिला उद्यमीका रूपमा अघि बढिरहनुभएको छ। उहाँले सञ्चालन गर्दै आउनुभएको ‘ब्राइट फ्लावर डेकोरेसन एण्ड बुकेट हाउस’ अहिले विवाह, व्रतबन्ध, पार्टी, बर्थडे, पास्नी तथा अन्य विभिन्न शुभकार्यका लागि सजावटको आकर्षक गन्तव्य बन्दै गएको छ।
फूल सजावट र बुके निर्माणलाई व्यवसायसँग जोडेर अघि बढ्नुभएकी रोक्काले स्थानीयस्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्दै महिला उद्यमशीलताको राम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ। विभिन्न कार्यक्रमहरुमा आकर्षक स्टेज सजावट, फूलका बुके, माला तथा अन्य सजावटी सामग्री तयार गर्दै उहाँले ग्राहकको मन जिन्त सफल हुनुभएको छ।
उहाँले महिलाको भूमिका घरायसी काममा मात्र सीमित नरहेको भन्दै आफ्नै सीप र सिर्जनशीलतालाई व्यवसायमा रूपान्तरण गर्न सके महिला आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्नु भएको छ।
स्थानीय स्रोत, सीप र सिर्जनशीलताको प्रयोग गर्दै व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राख्नुभएकी रोक्काको यात्रा सुन्दरहरैँचाका अन्य महिलाका लागि पनि प्रेरणादायी बन्दै गएको छ।









प्रतिकृया दिनुहोस