एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुन्दरहरैंचा, ०८ असार ०८३ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी नेपालगञ्जतर्फ लगेको छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको जनाएको छ। एमालेको निर्वाचन समीक्षा भइरहँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। पौडेललाईलाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ। 

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ६ः४५ बजे पौडेललाई सुर्खेतबाट नेपालगन्जसम्म गाडीमा लगिएको छ। उनलाई नेपालगन्जबाट काठमाडौं पुर्याउने प्रहरीको तयारी छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित शुभ होटलको सभाहलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको बेला प्रहरीले  उनलाई कार्यक्रम स्थलबाटै साँझ ५ः४५ बजे नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस